Class 10 Science Paper Solution 2078

0

Class 10 Science Paper Solution 

विज्ञान प्रश्नउतर 

 


 Symbol No................,                         RE-111'E'

SEE 2078 (2022) 

अनिवार्य विज्ञान

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।

    समय २ घण्टा १५ मिनेट                        पूर्णाङ्क : ७५

सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Answer all questions.)

समूह 'क' (Group 'A' )

  १. तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । Write     short answer to following questions.

15×1=12

 a. बृहस्पतिको केन्द्रमा गुरुत्व प्रवेग (g) को मान कति हुन्छ ?

👉बृहस्पतिको केन्द्रमा गुरुत्व प्रवेग (g) को मान 25.8 m/s² हुन्छ 


 b. तरलले दिने चापलाई असर गर्ने दुईओटा कारक तत्वहरु   उल्लेख गुर्नहोस् । 

👉1) सतहबाट त्यो बिन्दुको गहिराइ।

     2) तरल पदार्थको घनत्व।


 c. जीवाशेष उर्जा भनेको के हो ?

👉पृथ्वीमा भुहलचलको कारणले जमिनमुनि पुरिएका प्राणी र वनस्पतिहरूको अवशेषबाट प्राप्त हुने ऊर्जालाई जीवावशेष ऊर्जा भनिन्छ।


 d. एक क्यालोरी तापको परिभाषा लेख्नुहोस् । 

👉 एक क्यालोरी तापशक्ति भन्नाले १ ग्राम शुद्ध पानीको तापक्रम १ डिग्री सेल्सियस वृद्धि गर्न आवश्यक तापको परिमाण भन्ने बुझिन्छ ।


 e. अदुरदृष्टि भनेको के हो ?

👉 अदूर दृष्टिको कमजोरी भएको आँखा त्यस्तो आँखा हो जुन आँखाले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छ भने टाढाका वस्तुहरू स्पष्ट देख्न सक्दैन ।


 f. निराकरण प्रतिक्रिया भनेको के हो ? 

👉 निराकरण एक प्रकार को रासायनिक प्रतिक्रिया हो जसमा एसिडले आधारसँग नुन र पानी बनाउँछ।


 g. नक्साको ब्लु प्रिन्ट बनाउन कुन ग्याँसको प्रयोग गरिन्छ ?  

👉ब्लु प्रिन्ट बनाउन एमोनिया ग्याँसको प्रयोग गरिन्छ ?  


 h. हेमाटाइट र क्यालभेराइटबाट प्राप्त धातुहरुको नाम लेख्नुहोस् । 

👉हेमाटाइट र क्यालभेराइटबाट आइरन र सुन धातुहरु प्रप्त हुन्छ |


 i. हाइड्रोकार्वोन भनेको के हो ? एउटा उदाहरण दिनुहोस् 

👉हाइड्रोजन र कार्बन मात्र मिलेर बनेको यौगिकलाई हाइड्रोकार्वोन भनिन्छ। उदाहरणका लागि मिथेन (CH4), इथेन (C2H6), इथिन (C2H4) etc.


 j. व्यवसायिक आधारमा रेशमकिरा पालनलाई के भनिन्छ ? 

👉व्यवसायिक आधारमा रेशमकिरा पालनलाई रेशम खेती   भनिन्छ l


 k. आयोडिनको कमिले हुने रोगको नाम लेख्नुहोस् ।  

👉आयोडिनको कमिले गलगाँड र थाइराइड रोग हुनसक्छ ।


 l. एक वयस्कको सामान्य रक्तचाप कति हुन्छ ?

👉एक वयस्कको सामान्यतया रक्तचाप 120/80 mmHg हुनपर्छ l


 m. क्लेनाइफल्टर सिन्ड्रोम कोरियोटाइप लेख्नहोस् । 

👉क्लेनाइफल्टर सिन्ड्रोम (47, XXY) पुरुषहरूमा क्रोमोसोमल भिन्नता हो जसमा एक अतिरिक्त X क्रोमोजोम हुन्छ, परिणामस्वरूप 47,XXY कोरियोटाइप


 n. वायु प्रदुषणका कुनै दुई प्राकृतिक स्रोतहरुको नाम लेख्नुहोस् । 

👉वायु प्रदुषणका दुई प्राकृतिक स्रोतहरु -

१.ज्वालामुखी विष्फोटहरू,

२.हावाले उडाएको धुलो,


 o. कुन महाकल्पमा डाइनोसरहरुको विनाश भएको थियो ?

👉डाइनोसरहरुको विनाश मध्यजीव महाकल्पमा भएको हो ।


Post a Comment

0Comments
Post a Comment (0)