नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ )
सानोठिमी, भक्तपुर
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तपसिल अनुसारको मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय:-बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म ।
द्रष्टव्य :
(क) तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन ।
(ख) कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
(ग) परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, Log Table जस्ता सामग्रीहरु परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ ।
(घ) नयाँ पाठ्यक्रम अनुसार Biology विषयको परीक्षा दिने परीक्षार्थीहरुले Botany र Zoology विषयको लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ ।
(ङ) परीक्षा केन्द्र परिवर्तन गर्न पाइने छैन । परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ ।
(च) कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परीक्षा परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश / शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराउनुपर्नेछ ।
(छ) साधारण / परम्परागत धारतर्फ रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७८ र ७९ हुने ग्रेडवृद्धि तथा नियमित परीक्षार्थीहरुले नयाँ पाठ्यक्रम (New course) अनुसार परीक्षामा सहभागी
हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि / आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७२ ७३ ७४, ७५, ७६ र ७७ हुने) ले पुरानो पाठ्यक्रम (Old course) अनुसार परीक्षा दिनु पर्नेछ ।
(ज) प्राविधिक धारतर्फका नियमित परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अंक ७९ हुने ) ले प्राविधिक धारतर्फको नयाँ पाठ्यक्रम (New course) अनुसार परीक्षामा सहभागी हुनु पर्ने तथा सो बाहेक अन्य ग्रेडवृद्धि / आंशिक परीक्षार्थीहरु (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७२, ७३, ७४, ७५, ७६, ७७ र ७८ हुने) ले पुरानो पाठ्यक्रम (Old course) अनुसार परीक्षा दिनु पर्नेछ ।
- परीक्षा नियन्त्रक